कोरोनाले अर्थतन्त्रलाई खतरनाक मोडमा पुर्‍याएको विश्व बैंकको विश्लेषण

काठमाडौं, ११ वैशाख।

कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्र ठूलो क्षति पुर्‍याएको जनाइएको छ ।विश्व बैंकले कोरोनाले विश्व अर्थतन्त्रमा सबैभन्दा खतरनाक मोडमा पुर्‍याएको विश्व बैंकले विश्लेषण गरेको छ ।

विश्व बैंकले पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै खतरनाक मोडमा पुर्‍याएको सो जनाएको हो ।

कोरोनाले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको बताइएको छ । यो भन्दा अगाडि महामारीको स्थान कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभाव पनि कम भएको विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस