कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले पाए आममाफी

कतार, ११ बैशाख।

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् ।सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

जोन हप्किन्स विश्विद्यालयका अनुसार कतारमा कोरोनाबाट संक्रमितहरुकोसंख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीबार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कूल संक्रमितको संख्या ७ हजार ७ सय ६४ पुगेको हो ।

कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भइसकेको छ

प्रतिक्रिया दिनुहोस