काठमाडौं, १४ वैशाख । झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
झापामा थप एक जनालाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ ।