रुपन्देहीका संक्रमित युवा खुल्ला सीमानाको फाइदा उठाउदै नेपाल प्रवेश गरेकाे खुलासा

बुटवल, १९ बैशाख ।

शुक्रबार संक्रमणको पुष्टि भएका रुपन्देहीको कोटही माईका युवा लकडाउनको समयमा गत बैशाख ५ गते भारतको दिल्लीबाट नेपाल आएको  खुलेकाे छ । लकडाउनको अवधिमा नै १४ दिन पहिले नेपाल र भारत खुल्ला सीमानाको फाइदा उठाउदै उनी नेपाल प्रवेश गरेको पुष्टि भएको हो ।

दुवै मुलुक लकडाउनमा रहेको अवस्थामा समेत उनी खेतैखेत हुँदै बैशाख ५ गते आफ्नो गाउँं आइपुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताउनु भयो ।उनलाई सोही दिन नै कोटहीमाई गाउंँपालिकामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको गाउँंपालिकाले जनाएको छ । मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई भारतसंग सीमा जोडिएको गाउँंपालिका हो ।

भारतबाट आएको थाहा पाएपछि उनलाई बैशाख ५ गते नै क्वारेन्टाइनमा राखिएको थियो ।कोटहीमाई गाउंँपालिकामा सञ्चालित क्वारेन्टाइनको व्यवस्थापन हेर्दै आएका गाउंँपालिकाका ईञ्जिनियर नुरुल हुेसन खानका अनुसार उनी गाउँ आएको जानकारी पाउना साथ स्थानीय क्वारेन्टाइनमा राखिएको थियो ।बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखि उनीहरुको स्वाव परीक्षण गर्ने क्रममा शुक्रवार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेपछि अहिले उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार शुरु गरिएको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो ।संक्रमितलाई अस्पताल ल्याई उपचार सुरु गरिएको र अवस्था सामान्य रहेको बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्तले संक्रमितका परिवारलाई क्वारेन्टाइनमा राखिएको र उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु भएको बताउनु भयो ।
गाउंँपालिकाका ईन्जिनियर खानले ती युवामा संक्रमण पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङको कार्य सुरु गरिएको जानकारी दिनुभयो । लकडाउन घोषणा गरेसंगै भारतसंग सीमा जोडिएका तराईका जिल्लाका पालिकाहरुमा खुल्ला सीमानाको फाइदा लिंदै खेत तथा खोला र जंगलको बाटो भएर सीमावारि आउने गरेका छन् ।

यसले भारतसंग सीमा जोडिएका तराईका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम बढाएको छ ।

प्रतिक्रिया दिनुहोस