काठमाडौं, २३ वैशाख ।
सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो ।