शरीरमा छरिने कुनै पनि स्प्रेले कोरोना भाइरस मर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २३ बैशाख ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि शरीरमा गरिने कुनै पनि स्प्रेले भाइरस नमर्ने जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले स्प्रेले भाइरस नमर्ने भन्दै भ्रममा नपर्न आग्रह गर्नुभएको हो ।

भाइरसको वृद्धि मानिसको शरीरभित्रको कोषमा वृद्धि भइरहने भएकाले यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ छ । शरीरमा छरिएको डिस्इन्फेक्टेन्टले आँखा,मुख,नाक आदिमा हानी पुर्याउनुका साथै सही तरिकाले उपयोग नगर्दा श्वासप्रश्वासमा विभिन्न समस्या उत्पन्न हुने प्रवक्ता देवकोटाको भनाइ छ ।

भाइरसबाट बँच्न सबैभन्दा सरल र महत्वपूर्ण उपाय भनेको २० सकेन्ड मिचिमिची हात धुने, सामाजिक दूरी कायम गर्ने र लकडाउनको पूर्ण पालना गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस