तुलसीपुर,२३ बैशाख ।
दाङकाे तुलसीपुरमा अत्याधिक बर्षा कारण घरमा क्षति भएकाे छ । बर्षाका कारण तुलसिपुर उपमहानगरपालिका ०८ अश्वारा स्थित माेहन बिककाे घरमा क्षति भएकाे हाे । मंगलवार बिहान देखि नै दाङ लगाएतका केही जिल्लाहरुमा हावाहुरी संगै अत्याधिक बर्षा रहेकाे थियाे ।
घर भत्किदा खाद्यन्न, लगाएतका बस्तुहरु भिजेर नष्ट भएपनि मानबिय क्षति भने नभएकाे स्थानियले जनाएका छन । घरमा मजदुरी गरेर बिहान बेलुकाकाे छाक टार्ने गरेका माेहनकाे एकातिर लकडाउनले गर्दा समस्या थियाे भने बर्षाले घरमा क्षेति भएपछि निकै समस्या परेकाे बताउँछन ।
क्षतिग्रस्त घरमा पुगेर वडा नं ०८ का वडा अध्यक्ष बेद बहादुर के सीले केहि नगद र खाद्यन्न सामाग्री हस्तानतरण गरेका छन।वडा नं ०८का जनताकाे समस्या आफनै समस्या रहेकाे बताउदै घर मर्मतका लागि आवश्यक सामाग्रीका लागि पनि पहल गरेकाे केशीले डेली न्युँज बैँक संग बताउनुभयाे ।