बीरगञ्जमा १७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ बैशाख । नेपालमा थप सत्र जनामा आज कोरोना भाइरस पोजिटिभ देखिएको छ । सबै १७ जना बीरगञ्जको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै कोरोना संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको हो । मन्त्रालयका अनुसार २ महिने शिशुदेखि ६६ वर्षसम्मका रहेको बताइएको छ । पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला छन् । यस्तै, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण देखिएको छ ।

आज नै कोसी अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज भएसँगै निको हुनेको संख्या २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस