सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप ,डीएसपी सहित केही घाईते

काठमाडौं, २६ वैशाख ।

सिंहदरबार अगाडि शुक्रवार चिनियाँ नागरिक र प्रहरीबीच झडप भएकाे छ । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हाे ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो ।  सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका र सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलकाे जनाएका छन ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । चिनियाँ नागरिक ३३सै जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस