काेराेना भाइरसमा तीब्र गतिमा सयौं परिवर्तन, अनुसन्धानकर्ताहरु अलमलमा

एजेन्सी, २६ वैशाख ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने क्रममा भाइरसमा पहिला भन्दा परिवर्तन आएको पत्ता लगाएका छन् । अमेरिका र ब्रिटेनका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसमा सैयौँ परिवर्तन आएको बताएका छन् । तर अहिलेसम्म परिवर्तनले संक्रमणमा के असर पर्नेछ र भाइरसविरुद्ध भ्याक्सिन कति प्रभावकारी हुनेछ भन्नेबारे भने कुनै पनि पुष्टि भइनसकेको जनाइएको छ ।

कोरोना भाइरसमा केही फरक आउनु साधारण कुरा रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । अमेरिकामा भएको एक पहिलो अनुसन्धानले कोरोना भाइरसमा एक विशेष परिवर्तन डि ६१४ जी (D614G) धेरै हावी भइरहेको पत्ता लागेको छ । जस्को कारणले कोरोना बिरामी अधिक संक्रमित हुन सक्ने अनुसन्धाकर्ताहरुले बताएका छन् ।

त्यस्तै न्यू मक्सिकोमा लास ऐलेमान्स नेशनल ल्याबका अनुसन्धानकर्ताले कोरोना भाइरसमा भइरहेको उक्त परिवर्तनको ट्रयाकिङ गर्ने कोसिस गरिरहेका छन् । जसले यस भाइरसको आकार परिवर्तन हुन्छ । यो अनुसन्धान ग्लोबल इनिसिएटिभ अन शेयरिङ अल इन्फ्लुएन्जा डेटा जिआइएसअडको डेटाबेको आधारमा गरिरहेको छ ।

वैज्ञानिकले यस खास परिवर्तन डि ६१४ जी (D614G) को कारण कोरोना भाइरस एकदमै तीव्र गतिमा बढ्न सक्छ । तर यसको नतिजा के हुन्छ भन्नेबारे भने अहिलेसम्म स्पस्ट नभएको जनाइएको छ ।

भाइरसमा परिवर्तन हुनु कुनै नराम्रो भने होइन

कोरोना भाइरस संक्रमित विरामीबाट लिएको तथ्यांकको विश्लेषणल ब्रिटेनका अनुसन्धानकर्ताले पनि गरेका छन् । उनका अनुसार परिवर्तन भएको खास कोरोना डि६१४जी (D614G) संक्रमितहरुको संख्या बढी थिए । यद्यपि उनलाई त्यस्तो कुनै पनि प्रमाण फेला परेन जसले पुष्टि हुन सक्ने थियो कि यसको कारणले धेरै गम्भीर रुपमा विरामी हुनसक्छ भनेर ।

यूनिभर्सिटी कलेज लण्डनमा भएको एक अध्ययनले कोरोना भाइरसमा भइरहेको १९८ परिवर्तन थाहा पाएको छ । उक्त अनुसन्धानमा सहभागी प्रोफेसर फ्रान्स्वा बैले भनेका छन्, “भाइरसमा परिवर्तन आउनमा आफैमा एक नराम्रो होइन। तर अहिले हामीसंग यस्तो कुने पनि प्रमाण पनि छैन की जसबाट यो प्रमाणित होस् की कोरोना भाइरस सामान्यबाट तेज या स्लो गतिले परिवर्तण भइरहेको छ । अहिलेसम्म हामीले यो भन्न सक्दैनौ कि सार्स कोभ–२ धेरै जाने खालको या संक्रमण भइरसको छ । ”

ग्लोस्गो यूनिभर्सिटीका केही अनुसन्धानकर्ताले पनि कोरोना भाइरसको परिवर्तनको विश्लेषण गरेको छ । यस टोलीले पनि परिवर्तन चिन्ताको विषय नभएको बताएको छ । उनीहरुले कोरोना भाइरसमा परिवर्तन नभएमा र अहिले पनि एकै तरिकाले भाइरसबाट कोरोनाको बिरामी फैलिरहेको छ ।

कोरोना भाइरसमा भइरहेको यी केही परिवर्तनमा ख्याल गर्नु पर्ने उनीहरुको विश्लेषण यसका लागि आवश्यक छ कि भ्याक्सिन बनाउन सहयोग मिल्ने छ । कोरोना भाइरसको लागि धेरै भ्याक्सिन बनाउने काम भइरहेको छ । तर यदि भाइरसमा लगातार अलग– अलग तरिकाले परिवर्तन भइरह्यो भने कम प्रभावित हुनसक्ने बताइएको छ ।

यद्यपि ती सबै कुराहरु सैद्धान्तिक रुपबाट भन्न सकिन अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ । वैज्ञानिकसंग अहिले नै भाइरस परिवर्तनका प्रभाव पुष्टि गर्नका लागि कुनै पर्याप्त प्रमाण नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस