पहिलो कोरोना स्थानीय संक्रमित महिला ३६ दिनपछि असपतालबाट डिस्चार्ज

कैलाली, २६ वैशाख। नेपालको पहिलो कोरोना स्थानीय संक्रमित महिला निको भएर घर फर्किएकी छन् ।लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी ५ कि ३४ वर्षीया  महिलालाई शुक्रबार अस्पतालले घर पठाएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको ६ पटकसम्म रिपोर्ट पोजेटिभ आएको थियो ।दुबईबाट आएका उनको आफन्तलाई चैत्र १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नेपालको पहिलो स्थानीय कोरोना संक्रमित हुन् । चैत्र २२ गतेदेखि अस्पतालमा उपचाररत महिला ३६ दिनपछि घर फर्किएकी हुन् ।

बिहीबार र शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।यसअघि अस्पतालमा उपचार गराइरहेका ४ जना पनि निको भएर घर फर्किसकेका छन् । योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठीक भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस