कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितकाे कुल संख्या १२० पुग्याे

काठमाडाै‌ं, २९ वैशाख ।

नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या १२० पुगेकाे छ ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशाेधरा गाउँपालिकाका र बुद्धभुमि नगरपालिका १८ वर्ष देखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएकाे हाे ।संक्रमितहरू कपिलवस्तु जिल्लाकाे यशोधरा गाउँपालिका-५ र बुद्धभुमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष रहेका छन् । संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ। उनीहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हालसम्म काेराेना संक्रमितमध्ये ३१ जना निकाे भएर घर फर्किसकेका छन् । हाल १६४ आइसोलेसनमा राखिएकाे छ । अहिलेसम्म कुल १६ हजार ९०८ जनाकाे पीसीअार परीक्षण गरिएकाेमा १२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस