कैलाली, २९ बैशाख ।
कैलालीको धनगढीमा केही दिन यता लकडाउन खुुकुलो भएको छ । दिन प्रति दिन नेपालमा कोरोना संक्रमण बढीरहेको अवस्थामा यसरी रेड जोनमा परेको कैलाली जिल्लामै लकडाउन खुकुलो हुन आफैमा जोखिमपुर्ण रहेको छ ।
भारतसंग खुला सिमाना रहेका कारणले अति जोखिममा रहेको कैलाली जिल्ला बेलाबेलामा कोरोना परिक्षणका उपकरणहरुको अभावले गर्दा रोकिने गरेको कोरोना परीक्षणले झन जोखिम बनाएको थियो । अहिले केही दिन यता लकडाउन खुकुलो भएपश्चात संक्रमणको झनै जोखिम बढेको छ । उसो त सेती प्रादेशिक अस्पतालमा उपचाररत्त रहेका सबै कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्कीसकेका छन । यधपी धनगढी कोरोना मुक्त रहेकोे छ भनिहाल्न सक्ने अवस्था भने छैन ।
यस समयमा सम्बन्धित निकायले कोरोना भित्रिन र फैलन नदिन लकडाउनको पुर्ण रुपमा पालना गर्न गराउनुका साथै यस अधिको गल्तिबाट पाठ सिक्दै उचित योजना र निर्णय तय गर्न आवश्यक छ ।
अन्यथा याे मौका हामीले सधै पाईराख्ने छैनौ र याे माैका चुक्याै भने भयावह अवस्थाकाे सामाना नगर्नुपर्ला भन्ने पनि छैन । समयमै सबैले सचेत रहन जरुरी छ ।
हेर्नुहाेस फोटोहरु……………………………..