नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्याे

काटमाण्डाै, २९ बैशाख ।

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपलिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु र रुपन्देहीका समरीमाई गाउँपालिका–७ र लुम्बिनी संस्कृति गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु र बर्दियाका राजपुर–५ की ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको हो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस