काठमाडौं, ३० बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज एकै दिन ह्वात्तै बढेर नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।
आज एकैदिन संक्रमितको संख्या ५७ थपिएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।