लकडाउनलाइ कडा गराैँ, अर्थतन्त्र हैन मानिस बचाउने तिर लागौँ ; प्रधानमन्त्री ओली

बैशाख ३०, काठमाडौँ |

मंगलबार बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण दिनदिनै बढ्ने क्रम भएकोले अब लकडाउनलाइ थप कडा पार्न निर्देशन दिएका छन् |

प्रधानमन्त्रीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न र काठमाडौँमा लकडाउन खुकुलो भएकोमा आफु असन्तुष्ट भएको जानकारी दिएका छन् |

उनले यदि यसरीनै लकडाउन खुकुलो पार्दै जाने हो भने नेपालमा छिट्टै कोरोनाले एकदमै आक्रामक रुप लिने जनाएका छन् | उनले लकडाउनको बेला पनि काठमाडौँमा सवारी साधनको जाम धेरै भएकोमा पनि आफु खुसि नभएको जानकारी दिएका छन् | थप कुरालाई जोड दिदै उनले मानिस बाचे मात्रै अर्थतन्त्र बाच्छ त्यसैले सुरुमा अर्थतन्त्र हैन मानिस बचाउने तिर लागौ भनेर उपस्थित सबैमा आग्रह गरेका छन् |

नेपालमा लकडाउन खुकुलो हुदै अनि संक्रमण बढ्दै गएकोमा आफु खुसि नरहेको व्यक्त गरेका छन् |

 

प्रतिक्रिया दिनुहोस