कैलाली, ३१ बैशाख ।
कैलाली धनगढीमा आज बाट लकडाउन कडाई गरिएकाे छ । केहि दिन यता धनगढीमा लकडाउन निकै खुकुलाे बन्दै गईरहेकाे थियाे । तराईका सिमावर्ती जिल्लाहरुमा काेराेना भाईरसकाे प्रकाेप तिब्र गतिमा फैलिए संगै धनगढीमा पनि कडाई गरिएकाे हाे । बुधवार मात्र भारी संख्यामा सस्त्र प्रहरी र नेपाल प्रहरीहरु बजार क्षेत्रमा तैनाथ गरिएकाे छ ।
बजारका बिभिन्न क्षेत्रबाट लकडाउन उल्लङघ्न गरी हिडेका सयाैँकाे संख्यामा सवारी साधन समेत सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएकाे स्राेतले जनाएकाे छ ।
मंगलबार बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण दिनदिनै बढ्ने क्रम भएकोले अब लकडाउनलाइ थप कडा पार्न निर्देशन दिएका थिए | प्रधानमन्त्रीले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न र लकडाउन खुकुलो भएकोमा आफु असन्तुष्ट भएको जानकारी समेत दिएका थिए | यस संगै देशका बिभिन्न जिल्लाहरुमा आज बाट लकडाउन कडाई गरीएकाे खवर प्रप्त भएकाे छ ।