कपिलवस्तु र बाँकेमा थपिए २ काेराेना संक्रमित, संक्रमितकाे संख्या २१९ पुग्याे

नेपालमा कोरोना संक्रमित थपिने क्रम छ  तीब्र बन्दै छ । बुधवार नेपालमा दुई जना काेराेना संक्रमित थपिएका छन ।  स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका हुन ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।

योसँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस