पुनः २४ जना नयाँ संक्रमित थपिए, संक्रमितको २ सय ४३ पुग्याे

योसंगै रुपन्देहीमा हालसम्म संक्रमितको संख्या २९ पुगेको छ । रुपन्देहीमा ४ बर्षीया बालिकामा पनि संक्रमण देखिएको छ । यस्तै कपिलवस्तुमा २२ देखि ४२ बर्षसम्मका ८ जना पुरुष थपिएका छन् । योसंगै कपिलवस्तुमा अहिलेसम्म संक्रमितको संख्या ३८ पुगेको छ ।

पर्सामा ३६ र ७४ बर्षीय दुई पुरुष र ३६ बर्षीया महिलामा संक्रमण फेला परेको छ । पर्सामा योसंगै संक्रमितको संख्या ८४ पुगेको छ ।

यसैगरी नवलपरासीमा ३६ बर्षीय पुरुषमा पनि संक्रमण फेला परेको छ । नवलपरासीमा संक्रमित देखिएको यो पहिलो हो ।

प्रतिक्रिया दिनुहोस