नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित पुष्टि, संक्रमितको संख्या २ सय ४६ पुग्याे

काठमाण्डाैँ, १ जेठ।

नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ ।

बिहिवार चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस