नेपालमा थप ६ जनामा काेराेनाकाे संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्याे

काठमाण्डाैँ, ०३ जेठ ।

नेपालमा शनिवार बिहान ६ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाण्डाैँमा गरिएकाे पिसिआर परिक्षणमा शनिवार ६ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे हाे ।

बर्दिया नार्खु ११ निवासी २८ बर्षिय महिला, सिराहा सखुवा २९ निवासी ३० बर्षीय पुरुष , पर्सा बिरगंज १२ निवासी २८ र २९ बर्षिय पुरुष, सर्लाही रामनगर ४  निवासी १८ बर्षिय महिला र चितवन गढाैली १ निवासी २५ बर्षिय महिलामा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस