कपिलबस्तुमा थपिए ३ जना काेराेना संक्रमित, संक्रमितकाे कुल संख्या २ सय ७६ पुग्यो

काठमाडौं, ३ जेठ ।

नेपालमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ  ।   कोरोना संक्रमित थपिदा शनिबार एकै दिन कोरोना संक्रमित ९ जना थपिएका छन् ।  शनिबार विहान मात्र ६ जनामा कोरोना भाइरस पुष्टि भए लगत्तै अर्को तीन जनामा पनि यस्को पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला कपीलबस्तुमा गरिएकाे पिसिअार परिक्षणमा  कपीलबस्तु शिबराज नं पा चन्द्राैटा निवासी २५, ३४ र ४४ बर्षीए पुरुषहरु रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो थपिएका ३ सहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस