सुत्केरी महिलाको पीसीआर परीक्षण कोरोना पोजेटिभ मन्त्रालयले थाल्याे अनुसन्धान

काठमाण्डाैँ,०३ जेठ ।

सिन्धुपाल्चोकी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो वा होइन भन्नेबारे सरकारले अध्ययन गरिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ती महिलाको मृत्युबारे थप अनुसन्धान र विवरणहरु संकलन गरिरहेको र उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको हो वा होइन भन्नेबारे पछि सार्वजनिक गरिने जानकारी दिए।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । तर मन्त्रालयले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

आठ दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार बेलुकी धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

यसका लागि मन्त्रालयको टोली धुलिखेल गइसकेको छ भने अस्पताल समेत सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस