शनिबार काेराेना पुष्टि भएका दुई जना नेपाली सेनाकाे जवान रहेकाे खुलासा

काठमाडौं, ३ जेठ।

शनिबार काेराेना पुष्टि भएका दुइ जना नेपाली सेनाकाे जवान रहेकाे खुलेकाे छ । अाज  स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।

संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस