धनुषामा दुई जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २ सय ८१ पुग्याे

काठमाण्डौ, ०३ जेठ ।

नेपालमा कोरोना भाईरसका संक्रमितहरु थपिने क्रम निरन्तर जारी रहेको छ । अहिले थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।

यस अघि बिहानै ६ जनामा , दिउसो थप तीनजनामा र साझ २ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस