राैतहटका थप १० काेराेना संक्रमण पुष्टि, कोरोना संक्रमित संख्या २९१ पुग्यो

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।

थपिएका दशै जना पुरूष रहेकाे मन्त्रालयकाे भनाइ छ । उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस