प्रदेश १ मा तीन जनालाई कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २९५ पुग्याे

विराटनगर,४ जेठ ।

आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ ।

आइतबार मात्रै थप १३ जना नयाँ संक्रमित र एकजना मृतकमा पनि कोरोना पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको dकूल संख्या २९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस