धनुषामा कटुवा पेस्तोल सहित दुई जना पक्राउ

धनुषा,०५ जेठ ।

धनुषामा हतियारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुई जनालाई हतियारसहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई एक थान कटुवा पेस्तोल हतियार र ज १२ प ५१६५ नम्बरकाे मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस