नेपालमा ५३ जना काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ३ सय ५७ पुग्याे

काठमाडौं, ५ जेठ ।

नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज दिउँसो मात्र ५३ संक्रमित थपिएका छन ।

भेरी अस्पताल स्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । त्यस्तै थप ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मोरङ १, गुल्मी १, धनुषा १ रैतहत १, दाङका १ , धादिङका १ जना रहेका छन ।

बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

यो संगै नेपालमा कोरोनास संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस