रोल्पा आइसोलेसनमा एक युवकको मृत्यु, काेराेना परिक्षणका लागि नमुना दाङ पठाईयाे

दाङ ,०६ जेठ ।

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक २२ वर्षीय युवक युवकको मृत्यु भएको छ ।

आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस