झापा र सुनसरीमा ११ काेराेना संक्रमित थपिए, संक्रमितकाे कुल संख्या ३९० पुग्यो

काठमाडाैं, ६ जेठ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण पछिल्ला केहि दिनमा नेपालमा पनि वढ्दो क्रममा देखिएको छ ।   प्रदेश १ मा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।यस संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३९० पुगेकाे छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा र २ जना गरी ११ जनामा कोरोना पुष्टि भएकाे छ । प्रदेश १ मा पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् भने दुईजना सुनसरीका रहेका छन् ।

कुल संक्रमितमध्ये २ जनाको मृत्यु भइसकेकाे छ भने ३६ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीय सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएकाे छ ।

हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएकाे थियाे । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस