नेपालमा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं, ६ जेठ ।

आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ ।

आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ संक्रमित थपिएको पुष्टि गर्नुभयो ।

उहाँका अनुसार आज थपिएका संक्रमितहरुमा झापाका ९ जना, मोरङमा १ जना, सुनसरी १ जना, सर्लाहीमा दुई जना, काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना, मकवानपुरमा १ जना, रामेछापमा १ जना, सिन्धुलीमा १ जना, ललितपुरमा १ जना, कपिलवस्तुमा ४ जना र नवलपरासीमा १ जना रहेका छन् ।

थपिएका संक्रमितको उमेर १७ देखि ४२ बर्ष रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । योसंगै संक्रमितको संख्या ४ सय २ पुग्दा पुरुषको संख्या ३ सय ४० र महिलाको संख्या ६२ रहेको छ । यस्तै संक्रमित जिल्लाको संख्या ३६ पुगेको छ ।

आज मात्र एक ६२ बर्षीय संक्रमित डिस्चार्ज भएपछि निको हुनेको संख्या ३७ पुगेको पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस