गुल्मीका कोरोना संक्रमितकाे मृत्यु् भएकाे छैन; क्रिमसन अस्पताल

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षककोमृत्यु नभएकाे भेन्टिलेटरमा राखेर उपचार भईरहेका भन्दै क्रिमसन अस्पतालले प्रेस बिज्ञप्ती जारी गरेकाे छ ।

बुधबार विज्ञप्ति निकाल्दै अस्पतालले कोरोना सङ्क्रमित बिरामीको बारेमा आएका हल्ला गलत र भ्रामक भएको बताएको छ । बिरामीको आईसीयूमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको पनि अस्पतालले जनाएको छ ।

अस्पतालले गलत समाचारको पछि नलाग्न सबैसँग अपिल पनि गरेको छ । सङ्क्रमितको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अवस्था भने गम्भिर रहेकाे बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस