नेपालकाे कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक

काठमाडौँ, ०७ जेठ

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुर ासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरा सहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो । उक्त नक्सा मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस