नेपालमा थप २५ जना कोरोना संक्रमित थपिए, संक्रमितकाे कुल संख्या ४ सय २७ पुग्याे

काठमाण्डाैँ,०७ जेठ ।

नेपालमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू मध्ये कपिलवस्तुमा १३ जना  र बाँकेमा ६ जनामा छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।रैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नवलपरासीमा पनि एक जना कोरोना संक्रमित थपिएका छन् ।मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए ।यस सँगै नेपालमा  कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस