नेपालले जारी गरेको नयाँ नक्सा भारतलाई स्वीकार्य छैन; भारतीय विदेश मन्त्रालयका

नेपालको आफ्नो भू–भागमाथि दाबी गरेको भन्दै भारतीय विदेश मन्त्रालयले बुधबार साँझ विज्ञप्ती जारी गरेर नेपालले जारी गरेको नक्सा आफुहरुलाई अस्वीकार्य रहेको बताएको छ ।

विज्ञप्तीमार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् । विज्ञप्तीमा नेपाली नेतृत्वले कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस