कोभिड १९ बाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु, संक्रमितकाे संख्या ४ सय ५३ पुग्याे

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थपिएका संक्रमितमा रुपन्देहीका १ पुरुष र झापा कचनकवलका ८ जना पुरुष रहेका छन् ।संक्रमितहरुको उमेर १७ बर्षदेखि ५५ बर्ष रहेको पनि पनि देवकोटाले जानकारी दिनुभयो । कपिलवस्तुमा भेटिएका संक्रमित शुद्दोधन गाउँपालिका वडा नम्बर। ३ का बर्ष १९ का पुरुष १ हुन ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा उपचारत गुल्मीका पुरुषको आज विहान निधन भएको पनि पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ का पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनको निधनसंगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस