बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४५७ पुग्याे

काठमाडौं, ८ जेठ ।

नेपालमा पुनः थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल–नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–रुपन्देहीमा गरिएको परीक्षणमा विहीबार साँझ थप तीन जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बाँकेको नैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा–३ का ४२ वर्षीया महिला र कपिलवस्तु सुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितहरुको संखया ४५७ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस