बाँके, ०९ जेठ ।
बाँकेकाे खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।उपचारत्त रहेका २१ जनालाई शुक्रबार बिहान अस्पतालले डिस्चार्ज गरेकाे हो ।
कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित २१ जना रहेका छन् ।
‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’ आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने बताउनुभयाे ,अब अस्पतालमा ७ जना संक्रमितहरु रहेका छन र उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य नै रहेका अस्पतालले जनाएकाे छ ।