Corona Update; नेपालमा २० जना संक्रमित थपिए, संक्रमितको संख्या ५ सय ७ पुग्याे

काठमाडौँ, ०९ जेठ ।

नेपालमा आज थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमका पाँच सहित २० जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ।

योसँगै संक्रमितको संख्या ५ सय ७ पुगुेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका २० जनामध्ये बाँकेका १४, कैलालीका ३, डेडल्धुरा, बैतडी र मोरङका एक-एक जना छन्।

शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस