CoronaUpdate; नेपालमा थप ३२ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ५४८ पुग्याे

काठमाण्डाैँ, १० बैशाख ।

नेपालमा थप ३२ जनामा काराेना पुष्टि भएकाे छ । यस सँगै नेपालमा काेराेना संक्रमित संख्या ५४८ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस