रुकुम, ११ जेठ ।
रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती स्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको गएराती मृत्यु भएको छ ।
घटनामा १२ युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराजसँग गएका ६ जना युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिएका छन । नवराज र सोती स्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ ।
केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्र.ना.उ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ ।