एक हप्ता अघि घरबाट निक्लिएका एक युबक मृत फेला

दाङ,११ जेठ ।दंगीशरण-४ बैबाङ्ग बस्ने अन्दाजी वर्ष २२ का एक युबक जंगलमा मृत अवस्थामा फेला परेका हुन।जेठ दुई गते अन्दाजी बिहान ८ बजेतिर तुल्सिपुर-९ बेलुवामा रहेको अँटिको घर गएको र जेठ पाँच गते बिहान अन्दाजी ११ बजेतिर घर जान्छु भनि हिडेका युबक शुक्रबार मृत फेला परेका हुन।निज मृतक गुरुप्रशाद भण्डारी रहेको बताइएको छ।पाँच गते बेलुका सम्म घर नआएको र इस्टमित्र र आफन्तकहाँ फोन गरी खोजतलास गर्दा नभेटीएकोले परिवार आफैले खोज्ने क्रममा जेठ ९ गते ९:४५ बजेतिर बुबाआमाले लास देखेपछी तुल्सिपुर उप-महागरपालिका ५ मा रहेको ई.प्र.का को टोलीलाई जानकारी दिएका थिए।ई.प्र.का.को मुचुल्का अनुसार मृतक पिपिरिको बुटामा प्लास्टिकको डोरीले झुंडीएको अवस्थामा तुल्सिपुर उप-महानगरपालिका ७ टिकरीको जंगलमा फेला परेका हुन।मृतकलाई तुल्सिपुर स्थित राप्ति प्रदेशिक अस्पताल तुल्सिपुरमा जेठ ९ गते पोस्टपार्टम गरी १० गते परिवारको जिम्मा लगाईएको थियो। मृतक किन र कसरी मरेको भने अझै पत्ता लागेको ।

प्रतिक्रिया दिनुहोस