आइतवार बेलुका बाँकेका ४ जना र बर्दियाका १ जनामा गरी ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ ११ जेठ ।

आइतवार बेलुका  बाँकेका ४ र बर्दियाका १ जनामा गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ बर्षीय युवाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणपुर भवनपुर माविको क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिनुभयो । आइतवार बेलुका नै बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी २५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस