मृत्यु भएकाे ८ दिन पछि बाराका ७० बर्षीय वृद्धमा काेराेना संक्रमणकाे पुष्टि

काठमाण्डाैँ, १२ जेठ ।

काेराेना भाईरसबाट चौथो व्यक्तिको पनि निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । गत जेठ ४ गते मृत्यु भएका बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।उनलाई मृत्यु भएकाे ८ दिन पछि काेराेना संक्रमणकाे पुष्टि भएकाे हाे ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । ती बृद्धको सोही दिन अन्त्येष्टि गरिए पनि सोमबार विहान मात्र उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको हो ।  यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस