सुर्खेतमा थप १२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

सुर्खेत, १३ जेठ

कर्णाली प्रदेशकाे राजधानी सुर्खेतस्थित प्रयाेगशालामा गरिएकाे पछिल्लाे परीक्षणमा थप १२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।  कर्णाली प्रदेशमा मात्रै काेराेना संक्रमितकाे संख्या २३ पुगेकाे कर्णालीकाे सामाजिकाे विकास मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मंगलबार थप पुष्टि भएकाहरू सबै सुर्खेत जिल्लाका रहेका छन् । जसमा विरेन्द्रनगरका वडा नं १, २, ३ र ६ का क्रमशः  १६ वर्षीय किशोर, ३२ वर्षीय महिला, ९ वर्षीय बालक र २०, ३२ तथा ३६ वर्षका पुरुष,  ४६ वर्षका पुरुष, २६ वर्षका युवक रहेकाे बताइएकाे छ ।

सुर्खेतकै भेरीगंगा-८ का १६ तथा १७ वर्षीय दुई पुरुष र सिम्ता- ४ का ३५ तथा ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएकाे छ । उनीहरू हालै मात्र भारतबाट अाएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस