भक्तपुरमा टिप्पर दुर्घटना हुदा एक प्रहरीकाे मृत्यु

काठमाण्डाैँ,१३ जेठ ।

भक्तपुरमा टिप्पर दुर्घटना हुदा ड्युटीमा खटिएका एक प्रहरीकाे मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका दाङ घर भएका एक जना प्रहरी नायव निरिक्षकको मृत्यु भएको छ ।

दाङको रामपुर घर भएका प्र‍ ना नि निमबहादुर घर्तीमगरको सोमबार राति साढे ९ बजे ड्युटीमा रहेकाे क्रममा बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा मृत्यु भएको हो  । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

चालकले मापसे गरेर टिपर चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राकेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस