पशल खोल्ने निष्चित समय;खोले कार्वाही

सल्यान,१३ जेठ।

सल्यानको शारदा नगरपालिका १२ मा रहेका किराना तथा अन्य पशलहरु निस्चित अबधिका लागी खोलिने भएका छन।शारदा नगरपालिका १२ मा रहेका झण्डै ३० ओटा पशलहरु निस्चित अबधिकालागि खोलिने भएका हुन ।covid-१९कोरोना भाईरसले विस्व महामरिले सताइरहेको र उक्त समयमा भीडभाड कम गर्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो।यस अघि ति पशलहरु दिनभरनै खुल्ने गरेकोमा अबदेख प्रत्येक दिन बिहान ६ बजे देखि १० बजे सम्म मात्र खोलिने निर्णय गरिएको हो।यस अबधिमा यदि कसैले म्याद नाघेका र अंकित मूल्यभन्दा बढिमा सामन बेचेमा कार्वाही समेत गरिने निर्णय गरिएको छ। वडाको यस्तो कार्यपर्ति स्थानीय ब्यापरिहरुको पनि ऐक्यबद्धता जनाएका छन।गाउँछिमेकमा संक्रमण फैलन नदिन र भारत लगायत तेश्रो मुलुकबाट आएका स्थानीय वडाबासीहरुलाइ क्वारेंटिनको व्यबस्था समेत स्थानीय श्री शिव माध्यमिक बिद्यालयमा गराउने भनी छलफल समेत आज गरिएको हो।भारत लगायत तेश्रो मुलुकबाट झण्डै आठ जना स्थानीय एक हप्ताभित्र वडा भित्र आउदै छन।

प्रतिक्रिया दिनुहोस