राहत बितरण निश्पक्ष नभएकाे भन्दै जुगेडाका स्थानियहरु आक्रोसित

धनगढी, १३  जेठ ।

धनगढी उपमहानगरपालिका १२ सि गाँउ डाँडा स्थित साेमवार बितरण भएकाे राहतकाे बिराेधमा स्थानियहरु उत्रिएका छन । वडा कार्यालयले बितरण गरेकाे राहत कसैलाई काखा र कसैलाई पाखा गरी निश्पक्ष रुपमा बितरण नगरिएकाे भन्दै स्थानियहरुले आक्रोस ब्यत्त गरेका हुन ।

राहत बितरणमा बास्तविक पिडितकाे नाम नै उल्लेख नभएकाे स्थानियहरुले बताएका छन ।  साेमबार ८०० घर धुरी रहेकाे यस गाँउमा करिब १३० घरलाई राहत सामाग्री बितरण गरिएकाे थियाे ।  राहत सामाग्री बास्तविक पिडितलाई नभई पाटीका कार्यक्रर्ता, नातागाेताहरुलाई प्राथमिक्तामा राखि अधिकांश हुनेखाने र सरकारी जागिर भएका समेतकाे नाम उल्लेख गरी बितरण गरिएकाे एक स्थानियले बताएका छन ।

धनगढी उपमहानगरपालिका १२का अध्यक्ष गणेश जाेशीले  यस बिषयमा हरेक टाेलमा  राहत बितरण समिती बनाएकाे र उत्त समितीका सदस्यहरुले  सिफरिस गरेकाे नामावलीबाट राहत बितरण गरिएकाे  बताएका छन ।यसमा आफनो कुनै पनि हात नरेको भन्दै गल्ती नामावली संक्लनमा भएको हुन सक्ने समेत बताएका छन । यस बिषयमा राहत बितरण समितीका सदस्य जय राेकाया र मिन बहादुर सिँहले केही त्रुटी भएकाे समेत स्वीकार गरेका छन ।

हुन त राहत बितरणमा पक्षपात भएकाे याे पहिलाे घटना भने पकै पनि हाेईन यस अधि २०७५/०२/२२ गतेका दिन हावाहुरीका कारण धेरै व्यत्तिहरु घरवास बिहिन भएका थिए उत्त हावाहुरीका्े राहत बितरणमा समेत वडा नं १२ निकै ठुलाे बिवादमा मुछिएकाे थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस