दाङमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,१४ जेठ ।

दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले  दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमितहरु घोराही उपमहानगरपालिका वडा नं. १० का ३ जना, घोराही १८ का ४ जना  लमही नगरपालिका वडा नं. १ का १ जना, २ का २ जना, लमही – ४ का १ जना, लमही–५ का तीन जना र लमही–६ का एक जना रहेका प्रतिष्ठानका रजिष्ट्रार कैलास देवले बताए ।

उनिहरु सबै एक महिला सहित  १७ वर्षदेखि ३० वर्ष उमेरका रहेको डा. देवकोटाले जानकारी दिए । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने  प्रेस ब्रिफिङगरि जानकारी गराउन बाँकी रहेकाे जनाईएको छ ।

यस्तै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पूर्वी रुकुममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४ मा ३ जना पुरुष र १  महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस